२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

डा.नविन चापागाँइ

मानिस हरु घर भित्र छन् । ब्यापार, ब्यवसाय सवै ठप्प र चौपट भएको एक महिना भै सकेको छ ।

यसले अर्थतन्त्रमा निकै असर पारीसकेको छ । जीवन बाँच्नु मुख्य कुरा हो तर बाँचेको जीबनलाई पाल्नु पनि अर्को महत्वपुर्ण कुरा हो ।

भाइरसबाट आक्रान्त भएको जीवन अनिकाल, अभाबले मर्नु हुदैन । भोक: रोग : र सोकले मर्नु हुदैन। यो लकडाउनको मुख्य उद्देश्य भनेको भाइरस संक्रमण फैलन नदिनु हो ।

अन्तराष्ट्रिय नाका, तथा सिमानामा मानिसको आवतजावतलाई अझ केही समयलाई सिल गरेर अव लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै खुकुलो पार्दै लानु पर्दछ ।

किनभने यो भाईरसको संक्रमण, जे जती हुनुपर्ने हो त्यो यो एक महिनाको अवधिमा देखिने जति अधिकतम देखिसक्नु पर्छ ।

तर भाइरस परिक्षणको दर र दायरा भने अझ धेरै बढाउदै लानु पर्छ ।

यसकारणले अब आन्तरिक रुपमा लकडाउनलाई केही खुकुलो पार्दै लगि अहिलेको यो अवधिमा खस्केको आर्थिक समस्या लाई थप डुब्नबाट जोगाउनु अहिले को आवश्यकता हो।

त्यसैले सरकारले वेलैमा ध्यान पुर्याउनु आवश्यक छ भन्ने मेरो आफ्नु विचार यहाँ राखेको छु।

(लेखक चापागाई मानवअधिकारकर्मी तथा उपभोक्ताअधिकारकर्मी हुनुहुन्छ ।)