दमकमा मूल्य सूचि टाँस नगर्ने पसलहरुलाई कार्वाही गरिने, दैनिक अत्यआवश्यकीय उपभोग्य बस्तुको मूल्य सूचि यस्तो प्रस्ताव
दमक/ मूल्य सूचि टाँस नगरेका पसलहरु दमक नगर अनुगमन समितिले बन्द गराएपछि यसको सम्बन्धित ब्यवसायीले बिरोध गरेपनि सर्वत्र यसको स्वागत गरिएको छ । निरन्तर अनुगमन गर्न पनि माग गरिएको छ । जनप्रतिनिधि देखि लिएर दमकका ठुला ब्यवसायी भन्नेले समेत बढि मूल्य लिएको भन्दै आलोचना हुँदै आएको अवस्थामा बजार अनुगमन भएको थियो । किराना तथा खाद्य ब्यवसायी संघले दमक नगरपालिकामा अत्यआवश्यकीय सामाग्रिहरुको मूल्य सूचि पठाएको संघका दमक नगर अध्यक्ष कृष्णराज अधिकारीले बताए । उनले केहि ब्यापारीहरुले कालोबजारी गरेको र ठगेको भएपनि सबै ब्यापारीलाई यसमा मुस्न नहुने बताए । यस्तो छ प्रस्तावित मूल्य सूचि
यस्तो छ दमकमा दैनिक उपभोग्य सामाग्रिको नयाँ मूल्य
चामल मंसुली रू ६०
चामल आउ मंसुली रू ५०
चामल सोना मंसुली रू ५५
दाल मुसुरी रू १ सय २०
दाल चना रू १ सय २०
दाल रहर रू १ सय ६०
चनारमटर रू १ सय १०
मैदा रू ६०, आटा रू ६०
हरियो मटर रू १ सय ३०
सेतो मटर रू ८५
चिनि रू ८०
नुन रू २०
सुर्यमुखी तेल रू १ सय ७०
तोरीको तेल रू २ सय
झापाको दमकमा यस्तो अवस्थामा ठगी नहोस भनेर मुल्य सुची नटास्ने पसल ठाउँको ठाउँ बन्द । यसरी भयो लफडा ।
Posted by Prabhabkarinews Dijital Patrika on Tuesday, 21 April 2020
