२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना भाइरस संक्रमण रोक्न सावधानी अपनाउनका लागि दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न प्रतिबन्ध लगाईएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति दमकले बुधबार गरेको सर्वपक्षिय छलफलपछि यस्तो निर्णय लिईएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो । सर्वपक्षिय छलफलले नै यो निर्णय गरेको हो, उनले भने ।

तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न नपाईने भएको छ । डेरी पसल मात्र भए विहान ७ बजेदेखि ८ बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ, निर्णयमा उल्लेख छ । यसले लकडाउन थप कडा भएको छ ।

अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११ बजेदेखि २ बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ, अर्को निर्णयमा भनिएको छ ।

अब यो बाहेक पसल खुलाईएमा कार्वाही शुरु हुनेछ । यसभन्दा अघि बजार प्राय खुला रहेको थियो । अधिकाँश बजारका दैनिक उपभोग्य पसलहरु खुला नै रहेका थिए ।

दमक हप्तामा ५ दिन बन्द गर्ने निर्णय । बुधबार र शनिबार ३ घन्टा मात्र खुल्ने

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 22 April 2020

 

यस्तो छ सूचना

दमक नगरपालिका

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको अत्यन्त जरुरी सूचना !

 

  • अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ ।
  • दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न पाइने छैन ।
  • तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न पाइनेछ । डेरी पसल मात्र भए विहान ७:०० देखि ८:०० बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ ।
  • लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउन पाइने छैन ।
  • कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने र मूल्य सूची नराख्ने व्यापारीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
  • ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ।
  • उपरोक्त अनुसारका व्यवस्थाहरु पालना नगर्ने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।