दमकमा एकै परिवारका ३ जनामा देखियो आरडिटी पोजेटिभ, स्वाब परीक्षणका लागि धरान पठाईयो
एकजना ब्याक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरुलाई पनि जाँच गर्दा थप २ जनामा पनि आरडिटी पोजेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा एकै परिवारका ३ जनामा कोरोना जाँच गर्दा आरडिटी पोजेटिभ भेटिएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एकजना ब्याक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरुलाई पनि जाँच गर्दा थप २ जनामा पनि आरडिटी पोजेटिभ देखिएको हो ।
सो लगत्तै सरकारी दमक अस्पतालमा सरोकारवालाहरुको बैठक बसेको थियो ।
३ जना कै स्वाब परीक्षणका लागि धरान पठाईएको र त्यो रिर्पोट आएपछिमात्र थप अघि बढ्ने त्यहाँ निर्णय भएको जनाईएको छ ।
यो आरडिटी अर्थात प्रारम्भिक जाँच भएकाले अहिले नै डराउनु वा आतिनु नपर्ने भएकाले स्वाब परीक्षण रिर्पोटपछि थप रणनीति तय हुने नगर प्रमुख ओलीले प्रभावकारी न्यूजलाई बताए ।
तीनजनामा आरडिटी पोजेटिभ देखिएको हो, उनले भने । थप जाँचका लागि धरान पठाएका छौ र त्यो रिर्पोट भोलीसम्ममा आउला, प्रभावकारी न्यूजसग उनले भने ।
आरडिटी पोजेटिभ देखिएका ब्याक्ति दुबइबाट एक महिना अघि आएका थिए । उनलाई शुरुमा कुनै पनि लक्षण देखा परेको थिएन ।
अहिले ज्वरो आएपछि उनि अस्पतालमा जाँच गराउन आँउदा आरडिटी पोजेटिभ देखिएको हो, सरकारी दमक अस्पताल श्रोतले भन्यो ।