जसले सेवा निवृत भएर पोखे पीडा ! शशस्त्र प्रहरीका पुर्व अधिकृत भरतबाबु केसीको गृह मन्त्रीलाई खुला पत्र
गृह मन्त्रीज्यु ज्यु लाई अनुरोध।
गृहमन्त्री ज्यु जय नेपाल ,
म पुर्ब ससस्त्र प्रहरी अधिकृतको हैसियतले केही निवेदन गर्न गइरहेको छु, जुन हिजो बहालमा रहदा भन्न सक्ने अबस्था अनुसासन र हैसियतको कारणले सम्भब थिएन। यहाँ म विषम परिस्थितिमा जन्मिएको ससस्त्र प्रहरी बल को दरबन्दीको बारेमा केही कुरा राख्दैछु।आज ससस्त्र प्रहरी बल देशको ७७जिल्लामा तैनाथ छ , त्यो आवस्यक थियो। तर हिजो ३७ जिल्लामा रहेको तैनाथी थप ३८ जिल्लामा थप हुदा दरबन्दी थप भएन।
देसैभर उत्तर र दक्षिण गरेर १५० भन्दा बढी बिओपी हरु थपिए।जुन अति आवस्यक थियो।जहाँ जहाँ सिमाना बिबाद हुन्छ ,ससस्त्र प्रहरी त्यहा जान्छ, तर मेन पावर म्यानेज गर्न कति गाह्राे छ कमान्डरहरुलाइ?यो कोरोनाको कहरमा अग्रपंक्तिमा खटिरहेको छ ससस्त्र प्रहरी। मेन पावरको कमि ले ससस्त्रका जबान हरु २४ घन्टामा २० घन्टा डिउटि गरिरहेकाछन्।
भिआइपी सेकुरिटि, महत्वपुर्ण प्रतिश्ठानहरुको सुरक्षा,हाइद्रो पावर सुरक्षा सबै ससस्त्र ले गरि आएको छ। भिड तथा दङ्गा नियन्त्रण , बिपद ब्यबस्थापन , इयरपोर्ट , कारागार सुरक्षा ,आतंककारी गतिबिधी नियन्त्रण , राजस्व चुहावट नियन्त्रण, शान्ति सुरक्षार्थ गस्ती पर्टाेलिङ , मेला महोत्सब सुरक्षा कति कति। तर सख्या छ ३७००० ।
।त्यो पनि अत्यन्त कम तलब सुबिधाले गर्दा ५००० भन्दा बढी त यहि साल मै राजिनामा गइ सकेका छन् ।कार्यलय सुरक्षा , तालिम, बिदा, बिरामी , अशक्त, अफिस सन्चालन,भिआइपी सुरक्षा ,सान्ती स्थापनार्थ बिदेश लगायत सबै तिर घटाउदा फिल्डमा खटिने सन्ख्या लगभग २०००० हुन आउँछ। यो सख्याले ससस्त्र प्रहरी ले सरकार र आम जनताले चाहेको जिम्मेवारी बहन गर्न सक्छ ?
अझ द्वन्दकालमा स्थापना भएका अहिले खासै औचित्य नभएका गाउँ गाउँमा रहेका उठाउनु पर्ने बेस क्याम्पहरु राजनैतिक नेताहरुले आफ्नो निर्बाचन क्षत्र भएकाले चुनाबी स्वार्थले हटाउन दिदैनन।अनि आफ्नो निर्बाचन क्षत्रमा बेस चाहिने, आफ्नो सुरक्षार्थ ससस्त्रको टाेली नै चाहिने नेतागणहरु नै ससस्त्र यति धेरै किन चाहियो, डाउन साइज गर्नु पर्छ भनेर लबिङ गर्छन् ।अहिले इन्स्पेकटरमा भर्ना भएकाहरु १६ बर्ष सम्म सोही पदमा छन् ।डिएस्पिहरु १७ बर्ष डिएसपि मै रहनुपरेको छ । दरबन्दी थप भए कम्तीमा उनिहरुको वृत्तिबिकास हुने थियो।
२०६६ सम्म नेपाल प्रहरीको संख्या ५५००० थियो, सेनाको ६००००,ससस्त्र को ३५००० । अहिले प्रहरी ८०००० को हाराहारीमा छ, सेनाको संख्या १००००० छ। तर ससस्त्र ज्यु का त्यु छ।आखिर यो सौतेलो व्यवहार किन? प्रधान कार्यालयबाट दरबन्दी थपको प्रपोजल जान्छ गृहमा , अर्थले पैसा छैन दरबन्दी थप्न भनेर फाएल फर्काइदिन्छ। अरु संगठनको दरबन्दी थप्न पैसा हुने राज्यमा ,ससस्त्रलाइ नहुने , यो विभेद किन? तसर्थ अहिले कम्तिमा ६०००० को रेन्जमा पुग्ने गरि ससस्त्र प्रहरी बलमा दरबन्दी थप होस् ।अनि मात्र ससस्त्रले म्यान्डेट अनुसारको कार्य सुबिधाजनक हिसाबले गर्न सक्छ।
(लेखेकको फेसबुकबाट साभार)
