२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ सरकारले यसैसाता ल्याएको राजनीतिक दल सम्बन्धिको अध्यादेशको विरोधमा नेवि संघले देशका बिभिन्न ठाँउमा सांकेतिक विरोध गरेको छ ।

केन्द्रको निर्देशन बमोजिम सरकारले ल्याएको अध्यादेश विरुद्ध शान्तिपुर्ण रुपमा विरोध प्रदर्शनको क्रममा दमकमा पनि प्रर्दशन भएको छ ।

जिल्ला सदस्य अतीत राई, मणि लिम्बू, धिरज श्रेष्ठ, दमक नगर सदस्य रोजन मगर, दमक नगर सचिव मणि लुङ्ग फागो लगायतले प्लेकार्ड लिएर सडकमा उभिएका थिए ।