२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमक ३ मा एकै परिवारका ३ जनामा कोरोना भए नभएको भनेर जाँच गर्ने क्रममा आरडिटी पोजेटिभ आएपछि स्वाब परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएपछि दमकमा उच्च शर्तकता अपनाउन शुरु गरिएको छ ।

बैदेशिक रोजगारबाट फर्केका एक युवा सहित उनको बुबा र आमामा पोजेटिभ देखिएको थियो । स्वाब परीक्षणमा भने बाबुमा मात्र कोरोना पोजेटिभ देखिएको जनाईएको छ ।

यद्यपी दमक अस्पतालमा ३ जना नै हिजो बेलुकादेखि आइसुलेसनमा रहेका थिए । वैदेशिक रोजगारबाट आएका उनले यो बिचमा बिभिन्न ठाँउ गएको र साथीभाईहरुलाई भोज ख्वाएको पनि जनाईएको छ ।

यसले गर्दा उनिसंग र कोरोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएकाहरुको खोजी तत्काल गर्ने तयारी शुरु भएको बताईन्छ । आज नै जनप्रतिनिधि सहित त्यहाँ गएर बस्तुस्थिति पनि बुझेका थिए ।

वडा न. ३ का वडाध्यक्ष नविन बरालका अनुसार वार्डमा उच्च शतर्कता अपनाईएको छ । झापामा नै कोरोना पोजेटिभ भेटिएको यो पहिलो घटना हो ।  उनि चैत ६ मा विदेशबाट आएका थिए ।