दमकमा कोरोना संक्रमण भेटिएका ब्याक्तिलाई राती नै बिराटनगर लगियो, परिवारका सदस्य दमकमा आइसुलेसनमा
विष्णुप्रसाद पोखरेल
दमक / झापा दमकमा कोरोना संक्रमण पुष्टि भएका एक ब्याक्तिलाई उपचारका लागि राती नै बिराटनगर लगिएको छ । कोशी अञ्चल अस्पतालमा बनाईएको कोभिड अस्पतालमा उपचारका लागि उनलाई लगिएको हो ।
दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रमनगर समन्वय समितिका अनुसार दमक अस्पतालको एम्बुलेन्सले उनलाई राती नै विराटनगर लगेको हो ।
ति ब्याक्ति सुगरका विरामी रहेको पनि जनाईएको छ । ६२ बर्षिय उनि यो बीचमा दमक बजार पटक पटक आएका र धेरैको सम्पर्कमा आएकाले उनको ट्राभल हिस्ट्रि पैल्याएर उनको सम्पर्कमा आएकाहरुको जाँचलाई तिब्र बनाईने राती बसेको समितिको बैठकले निर्णय गरेको नगरपालिकाका स्वास्थ्य शाखा निरीक्षक बद्रि बरालले बताए ।
आरडिटी पोजेटिभ देखिएका उनका परिवारका अन्य दुइ सदस्य र नेगेटिभ देखिएकी श्रीमतिको भने सरकारी दमक अस्पतालको आइसुलेसनमा नै राखिने पनि जनार्ईएको छ ।
आज प्रदेश र केन्द्र सरकारबाट समेत दमकमा विशेष स्वास्थ्य टोली आउने तयारी छ । अहिले दमक अस्पतालमा ६ जना आइसुलेसनमा रहेकाछन् ।
झापामा नै पहिलो पटक कोरोना संक्रमण भेला परेपछि जिल्ला स्तरीय समन्वय समितिले पनि आज बैठक बसेर आफ्नो रणनीति तय गर्ने बताईएको छ ।
संक्रमण भेटिएको वार्ड नं. ३ बेलुकादेखि नै शिल गरिएको छ । मानिसहरुको आवतजावतमा रोक लगाईएको वार्डध्यक्ष नविन बरालले बताएकाछन् ।
