२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा कोरोना संक्रमण रोकथामका लागि हदैसम्मको प्रयास भइरहेको बताएकाछन् ।

उनले कोरोना संक्रमण रोकथामका लागि थप रणनीति बनाएर अझ शर्तकर्ता र उच्च सावधानी अपनाउन लागिएको भन्दै यस्तो बताएकाहुन् ।

उनले सिमितमात्रामा कोरोना जाँचका लागि आरडिटी किट रहेकाले तत्कालै आवश्यकता अनुसार किट ल्याएर परीक्षणको दायरा पनि बढाईने बताए ।

सिमिति मात्रामा किट रहेकाले थप किटको ब्यवस्था गरेर परीक्षणको दायरा पनि बढाउदै लैजाने छौ, प्रभावकारी न्यूजसग उनले भने ।

डराउनु पर्ने अवस्था नरहेको भन्दै उनले उच्च शतर्क भने रहन आग्रह गरे । धेरै डराउनु र आतिनु भन्दा हामी आफु सुरक्षित बनौ, उनले भने ।

यो अहिलेको घडिमा नगरबासीको स्वास्थ्य सुरक्षामा अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आफुहरु निरन्तर लागेको उनको भनाई छ ।

सवै सुरक्षाका उपाय अपनाएर फिल्डमा खटिनेलाई पठाईने पनि जनाए । दमक नगरपालिकाका स्वास्थ्यकर्मीहरु पनि फिल्डमा खटिने कार्य योजना बनाउदैछन् ।

नगरपालिकाले बारम्बार नगरबासीलाई लकडाउन पालना गर्नका लागि अनुरोध गर्दै आएको छ ।  आजबाट भने दमकमा बाहिर हिड्को सख्यामा कमी देखिएको छ ।

एकजनामा कोरोना पोजेटिभ देखिएपछी दमक नगरका मेयर रोमनाथ ओलीले भने-हामी तपाइहरुको सुरक्षामा बाहिर छौ तपाइहरु भित्रै बस्नुहोस ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 24 April 2020