२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा कोराना संक्रमण फेला परेका ६२ बर्षिय पुरुषसंग १ सयभन्दा बढिसंग यो बिचमा हिमचिम रहेको पत्ता लागेको छ ।

उनको घरमा नै दूइदिन अघिमात्र सासुआमाको काजकिरिया समेत भएकाले एकैदिन उक्त घरमा ५० भन्दा बढि भेला भएका थिए । यसैगरी दमक वडा नं. ४ का केहि आफन्त नियमित रुपमा उनको घरमा जाँदै आउदै गरेका थिए ।

एक महिना अघि दुवईबाट कोराना संक्रमित भएर आएको आंशका गरिएको उनका छोरा सार्वजनिक यातायातमा नै चढेर दमक आएका थिए ।

उनले साथीभाईलाई यो बिचमा भेटघाट गरेर बेलामौका खानपीनमा संलग्न गराएको पनि बताईन्छ । उनैबाट बाबुमा कोरोना संक्रमण भएको अनुमान हुँदै आएको छ ।

सयभन्दा बढिसंग प्रत्यक्ष हिमचिम भएको बुझिएको छ, दमक नगरपालिकाका वडाध्यक्ष नविन बरालले भने । यो परिवारसंग हिमचिम भएकाहरु वार्डकार्यालय वा नगरपालिकामा सम्पर्कमा आएकाहरुको जाँच हुने उनले बताए ।

शनिवार गरिएको प्रारम्भिक कन्ट्याक्ट ट्रेसिङ अनुसार कम्तिमा ७२ जनाको परीक्षण तत्काल शुरु हुनेछ । आइतवार विहानै देखि  आरडिटी परीक्षण हुने बरालले जनाए ।