२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ विश्वमा अहिले सबैलाई त्रसित बनाएको र अति छिटो भाइरस सर्ने कोरोना भाइरस विरुद्धको लडाईमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रभागमा रहेकाछन् । सवैलाई घरभित्र सुरक्षित बस्न आग्रह गर्दै उनिहरु फिल्डमा रहेकाछन् ।

झापाको दमकमा पनि एकजनामा कोरोना संक्रमणका विरामी भेटिएपछि आइतवार विहानै देखि यस क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि गएर थप अन्यलाई संक्रमण भए नभएको पहिचान गर्न शुरु गरेकाछन् ।

संक्रमितको सम्पर्कमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आएकाहरुको पहिचान गर्दै उनिहरुमा कोरोना भएनभएको जाँच शुरु भएको छ । आरडीटीबाट परीक्षण हुने र उनिहरुको स्वाब पनि परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्याईने जनाईएको छ ।

दमक ३ का वडाध्यक्ष नविन बरालका अनुसार वार्डलाइ पुर्ण सिल गरेर परीक्षण शुरु गरिएको छ । हामी वडाबासीको सुरक्षाका लागि बाहिर खटिएका छौ सबैलाई घरभित्र नै सुरक्षित भएर बसिदिन आग्रह रहेको छ, उनले भने ।

दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले शनिवार साँझ जारीको गरेको बिज्ञप्तिमा भनिए अनुसार ४ वटा टोली यस क्षेत्रमा खटिएको छ । उनिहरुलाई हिजोमात्र फिल्डमा जाँदा खटिने बिषयमा अभिमुखिकरण भएको थियो ।

दमक नगर प्रमुख रोमनाथ ओलीले अहिले नै डराउनु, त्रसित हुनुपर्ने अवस्था नरहेको र सबै सचेत भने बन्नु पर्ने बताए । सबै घरभित्र बसेर यो रोथसंगको लडाईमा सहयोग गर्न म नगरबासीलाई अपिल गर्दछु, उनले भने ।