अब जो कोहिलाई ज्वरो नापेरमात्र दमक प्रवेस
विष्णुप्रसाद पोखरेल
दमक/ मोरगबाट झापा छिर्नेहरुको ज्वरो परीक्षण शुरु भएको छ । दमकस्थित ताराबारी ढाँटमा ज्वरो नाँपेरमात्र दमक प्रवेस गर्न दिइन थालेको छ ।
दमकमा एकजना कोरोना संक्रमित फेला परेसंगै यो कडाइ गरिएको हो । आज विहानैदेखि यो कार्य शुरु भएको जनाईएको छ ।
झापा प्रवेश गर्ने यात्रुहरुको लेजर थर्मल गन द्वारा ताराबारी डिपुमा स्वास्थ्य परीक्षण शुरु गरिएको रेडक्रस दमकका अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।
जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा र रेडक्रस दमकले यसको संयोजन गरेकाछन् । जहाँबाट आएको भएपनि यात्रुहरुलाई पनि जाँच हुनेछ ।
दूइदिन यता दमकमा लकडाउन कडा गरिएको जनाईको छ । दमकको वडा नं. ३ पुर्ण रुपमा सिल रहेको छ भने ४ नम्बरको केहि भाग पनि सिल गरिएको छ ।
शनिवार झापाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले दमकको अवस्थाबारे जानकारी लिएको थियो । त्यस पश्चात यो शुरुवात भएको हो ।
