दमक ३ स्थित कोरोना पोजेटिभ भेटिएको टोलमा ३० जनाको प्रारम्भिक जाँच सकियो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक ३ मा भेटिएका कोरोना पोजेटिभ विरामीको पहिलो कन्ट्याक्ट ट्रेसिंग मा परेका ब्याक्तिहरुको परीक्षण कार्य भईरहेको छ ।
दिउसो १ बजेसम्ममा आरडिटी मार्फत ३० जनाभन्दा बढिको जाँच भएको छ । अहिले पनि जाँच प्रक्रिया जारी रहेको छ ।
आज ७० जनाभन्दा बढिको आरडीटी परीक्षण गर्ने तयारी रहेको बताईन्छ । सोहि अनुसार विहानैदेखि ४ वटा टोली खटिएकाछन् ।
आरडीटीसंगै स्वाब समेत संकलन गरेर जाँचका लागि धरान लैजाने तयारी भएको छ । आरडीटी प्रारम्भिक परीक्षण मात्र भएकाले यो भरपर्दो नभएको बताईन्छ ।
केहि शंकाश्पद विरामीहरु भेटिन सक्ने भएपछि उनिहरुलाई राख्नका लागि दमकस्थित आम्दा अस्पतालमा तयारी भएको बताईन्छ । दमक अस्पतालमा ५ वटा आइसुलेसन वार्ड रहेकोमा ३ जना राखिएको छ ।
स्वाब परीक्षणको रिर्पोटमात्र अन्तिम हुने भएकाले थप शर्तकता अपनाउदै तत्कालै स्वाब परीक्षणका लागि पठाईने पनि जनाईएको छ ।
पोजेटिभ भेटिएका संक्रमितको गाँउ पुर्ण रुपमा सिल गरिएको छ । उनको परिवार दमकस्थित सरकारी दमक अस्पतालको आइसुलेसनमा रहेकाछन् ।
