झापामा अर्को एकजनामा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको सख्या २ पुग्यो
काठमाडौं- झापामा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
यसभन्दा अघि झापाको दमकमा एकजनामा कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्।
