झापाको बाह्दशी गाँउपालिकामा एक ब्याक्तिलाई भेटियो कोरोना
दमक/ झापामा आज थप एकजनामा कोरोना पोजेटिभ भेटिएको छ । उनि झापा बाह्दशी गाँउपालिकाका रहेको जनाईएको छ । वडा नं. ४ का हुन् । उनि होम क्वारेन्टाइनमा रहेको बताईएको छ ।
आइतबार उनको कोशी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन ।
यसभन्दा अघि दमकमा एक ब्याक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमितलाई विराटनगर लैजाने तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
