२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा एकजना कोरोना संक्रमित भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको धमाधम जाँच शुरु गरिएको छ ।

शंकाको घेरामा रहेकाहरु कोहि पनि जाँचमा नछुटाउने रणनीति अनुसार ठुलो संख्यामा नगरपालिकाले जाँचको तयारी गरेको छ ।

नगरपालिकाले संक्रमितको परिवारको सम्पर्कमा रहेका सबैको पहिचान गर्दै जाँच गर्ने ब्यवस्था मिलाएको छ । त्यसै अनुसार जाँच भएको हो ।

तत्काल रिर्पोट हेर्न सकिने आरडीटी परीक्षणमा के आयो भन्ने खुलाईएको छैन । पिसिआर जाँचको लागि भने धरान पठाइने बताईएको छ ।

जाँचको क्रममा शंकाश्पद देखिएका केहि ब्याक्तिहरुलाई पिसिआर रिर्पोट नआएसम्म सुरक्षित भएर बस्न अनुरोध गरिएको जनाईएको छ ।

नगरपालिकाले हरेक दिन आरडीटी पोजेटिभ र नेगेटिभ आएको बिषयमा जानकारी दिदै आएको थियो । आइतवार भने परीक्षण संख्यामात्र उल्लेख छ ।

नगरपालिका उपप्रमुख गीता अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ-

आज मिति २०७७ वैशाख १४ गते विहानदेखि कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको वडा नं. ३ मा दमक अस्पतालका प्रमुख डा. खड्कराज पयाङ्गु लिम्बुको संयोजकत्वमा हिजो गठन गरिएका ४ वटा छुट्टाछुट्टै स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी तथा सुरक्षाकर्मी सहितको टोलीद्वारा Contact Tracing गरी पहिलो घेरामा सम्पर्क भएका ६० जना, वडा नं. ६ का ४ जना, वडा नं. ९ का ४ जना र बिभिन्न अस्पतालबाट रिफरगरिएका ६ जना गरी जम्मा ७४ जना व्यक्तिहरुको RDT तथा PCR जाँचकालागि नमुना संकलन गर्ने काम सम्पन्न गरेको छ ।

हिडडुल बन्देज कायमै

दमक वडा नं. ३ मा कोरोना भाईरस संक्रमण पोजेटिभ  देखिएको स्थान वरिपरी उत्तरमा मावा पूल देखि बेलडाँगी-१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी-१ सम्म र पश्चिममा मावा खोला सम्म यति चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध  गरिएको हुँदा अर्को सूचना नभए सम्मका लागि आवत जावत लगायत कुनै पनि गतिविधि गर्न नपाईने बिज्ञप्तिमा उल्लेख छ ।