दमकमा सरसफाईकर्मीहरु पीपीइ लाएर फोहोर संकलनमा
दमक/ झापा दमक नगरपालिकाका सरसफाईका कर्मचारीहरु कोरोना संक्रमणबाट बच्नका लागि पीपीई लाएर खटिने भएकाछन् ।
आज उनिहरुलाई दमक नगरपालिकाले पीपीइ प्रदान गरेको हो । नगरका बिभिन्न ठाँउमा गएर फोहोर संकलन गर्नु पर्ने भएकाले उनिहरुको सुरक्षाका लागि पीपीइ प्रदान गरिएको जनाईएको छ ।
