२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा दैनिक अत्यआवश्यक मूल्यको भाउ आकाशिएको बताइरहदा केहि दिन अघिसम्म प्रतिकेजी ७५ देखि ८० रुपियामा पाइदै आएको चीनि अहिले ८५ देखि ९० पुगेको छ ।

किराना ब्यवसायीले केहि दिन अघि मूल्य निर्धारण गरी मूल्य सूचि टाँस गर्न सार्वजनिक गरेको मूल्य रु ८० हो । दमक उद्योग बाणिज्य संघले पनि तोकिएको मूल्य भन्दा बढि नलिन ब्यवसायीलाई आग्रह गर्दै आएको छ ।

रु ८० यो अधिकतम् मूल्य हो । शनिबार दमकका खाद्यन्नका अधिकाँश पसलहरुले ८५ देखि ९० मा विक्री गरेको पाईएको छ । कतिपय पसलहरुमा मूल्य सूचिमा नै ८५ रुपिया टाँस गरेको पनि भेटिएको छ ।

बारम्बार उपभोक्ताहरुले नियमित बजार अनुगमनको माग गर्दै आएकाछन् । नगरपालिकाले पनि अनुगमन गर्ने बताउदै आएको छ ।

कोरोनाको संक्रमणको यो त्रासको समयमा कालोबजारी नगर्न र उपभोक्ता नठग्न माग उठेपनि बजारमा मनपरी मूल्य कायमै छ ।

ब्यावसायी र बिचौलियाहरुको कारणबाट भएका उच्च मूल्य बृद्धिलाई तत्काल रोक्न  उपभोक्ता हीत संरक्षण मञ्च दमक झापाले अनुरोध गरेको छ ।

बजार अनुगमन गरी दोषी ब्यावसायी र बिचौलियाहरुलाई कार्वाही गर्न स्थानीय सरकार समक्ष उपभोक्ता हीत संरक्षण मञ्चले बारम्बार माग गरेको मञ्चका अध्यक्ष डा. नविन चापागाईले बताए ।