२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा भेटिएका कोरोना संक्रमितको पहिलो घेरामा सम्पर्कमा आएकाहरुको पहिचानसंगै उनिहरुको स्वाब परीक्षण शुरु गरिएको छ ।

आइतवार र सोमबार विहान गरेर दमकका ५३ र कमल गाँउपालिकाका ५ जनाको स्वाब परीक्षण भएको दमक नगरपालिकका स्वास्थ्य शाखा श्रोतले जनाएको छ ।

संक्रमितको सम्पर्कमा आएका तथा उक्त परिवारको सम्पर्कमा रहेका कमल गाँउपालिकाका ५ जनाको स्वाब लिईएको बताईन्छ ।

कलेक्सन गरिएका स्वाबहरु धरान पठाईएको छ, दमक नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालले भने ।

आफुहरु हिजो दिनभर र सोमबार विहान पनि कार्यक्षेत्रमा खटिएर स्वाब कलेक्सन गरेको उनले जानकारी दिए । पहिलो घेरामा रहेकाहरुको पहिचान गरेर हामीले स्वाब लिएका छौ, उनको भनाइ छ ।

नगरपालिकाले थप परीक्षणको दायरा पनि बढाउदै जाने बताईन्छ । ३ नम्बरमा गरिएको सिल कायम राख्ने र दमकभर लकडाउन  थप  कडा गर्ने बिषयमा पनि छलफल भइरहेको छ ।

नगरपालिका श्रोतका अनुसार केहि शंकाश्पद देखिएकाहरुलाई निगरानीमा राखिने छ । आइतवारको आरडीटी परीक्षणपछि सरोकारवालाहरुको बैठक क्वारेन्टाइनमा बसेको थियो ।

आरडीटी रिर्पोटमा भर पर्न नसकिने जनाउदै यसलाइ कम महत्व दिन त्यहाँ छलफल भएको पनि बताईएको छ । आरडीटीमा केहि शंकाश्पद रिर्पोट आएको श्रोतको दाबी छ ।