दमकमा होलसेल ब्यवसायी र जुत्ता-चप्पल ब्यवसायीले विपन्नका लागि दिए १५ सय केजी चामल
दमक/ होलेसेल ब्यवसायी संघ दमक र जुत्ता चप्पल ब्यवसायी संघ दमकले अति विपन्नलाई १५ सय केजी चामल उपलब्ध गराएको छ ।
नगरपालिका मार्फत अति विपन्नलाई वितरणका लागि होलसेल ब्यवसायी संघले ८ सय केजी र जुत्ता चप्पल ब्यवसायी संघले ७ सय केजी चामल उपलब्ध गराएको संस्थाका अध्यक्ष रिंगकुमार आचार्यले बताएकाछन् ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीलाई दमक नगरपालिकामा उक्त चामल बुझाईएको पनि उनले जनाए । सो अवसरमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँर्यको पनि उपस्थिति रहेको थियो ।

