२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले सबै पालिकाहरुमा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री विक्री वितरणको लागी बिहान ८ बजे देखी ११ बजेसम्म पसल खोल्न दिने निर्णय गरिएकोमा यो दमकमा भने लागु नहुने भएको छ । दमकले यसभन्दा अघि नै दिउसो १२ देखि २ बजे खोल्ने निर्णय गरेको थियो ।

समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले १३ पालिकाहरुले यो निर्णय कार्यन्वयन गर्नु पर्नेछ । कोरोनाको संक्रमण देखिएको पालिकाको हकमा सम्बन्धीत पालिकाको निर्णय अनुसार गर्ने भन्ने निर्णय हो, उनले भने । दमक र बाह्दशी गाँउपालिकाले भने अवस्था हेरेर निर्णय लिन सक्नेछन् ।

यसले अन्योल सिर्जना भएको दमकका ब्यवसायीहरुले बताएका थिए । तर निर्णयमा स्पष्ट रहेकाले यसमा कुने पनि अन्योल नरहेको पनि पोर्तेलले जनाएकाछन् । प्रभावकारी न्यूजसंग कुरा गर्दै पोर्तेलले आज बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको र यो पनि एउटा महत्वपुर्ण निर्णय भएको जनाएकाछन् ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री मा. हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री मा. जसमाया गजमेर, पुर्व साँसद तथा प्रदेश स्तरिय अनुगमन समितिका संयोजक तथा नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमीरे, समितिका सदस्यहरु सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु र रेडक्रसका सभापति सहित सवै सदस्यहरुको उपस्थितीमा बैठक भएको थियो ।

यसैगरी खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गर्ने निर्णय पनि भएको छ । जथाभावी रुपमा सवारी साधन कुद्दा अनुगमनमा समस्या भएपछि यस्तो निर्णय भएको जनाईएको छ । बर्षायाममा प्राकृतिक बिपती निम्त्याउन सक्ने खालका निर्माणाधिन पूर्वाधारका (पुल, कल्भर्ट र नदि तटबन्धन) योजनाहरु र सरकारले सञ्चालन गरेको विपन्न नागरिक आवास निर्माण योजनालाई संचालन गर्ने निर्णय भएको हो ।

यसभन्दा अघि दमक नगरपालिकामा कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले १२ देखि २ बजे बजार खोल्ने निर्णय गरेको थियो । अत्यावश्यक बस्तुहरु खाद्यान्न‚ तरकारी र ग्याँस हरेक दिन दिउँसो १२ वजे देखी २ वजे सम्म दिनको २ घण्टा मात्र खरिद बिक्री गर्न पाइनेछ । अरु समय पसल बन्द गर्नुपर्नेछ । तोकिए बाहेक अरु सामग्री बिक्री वितरण गर्ने पसल लकडाउन अवधिभर वन्द रहनेछन् , दमकको निर्णयमा उल्लेख छ ।