लकडाउनको चरम उल्ङ्घनले खतरामा दमक
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले बारम्बार रुपमा सामाजिक दुरी कायम राख्न र एकजनाभन्दा बढि भएर नहिड्न गरेको आग्रहको पालना नभएको पाईएको छ । कोरोना संक्रमण फैलन नदिनका लागि प्रभावकारी मानिएको लकडाउनमा दैनिक उपभोग्य सामाग्रि किनमेलका लागि १२ बजेदेखि २ बजेसम्म त्यस्ता पसल खुला गर्ने निर्णय नगरपालिकाको थियो ।
बुधबार दमकको शब्जि बजार आसपास मेलाजस्तै मानिसहरुको भिड बढेको र यसले जोसिखम निम्त्याएको भन्दै सामाजिक सञ्जालमा यसप्रति आक्रोश पोखिएको छ । फोटो तथा भिडियोहरु समेत हालेर दमकमा सामाजिक दुरी कायम राख्ने कार्यको खिल्लि उडाएको भन्दै आलोचना भएको छ ।
दमकमा एकजनामा संक्रमण देखिएको र केहिमा कोरोना संक्रमण आंशका गरिएको अवस्थामा नगरपालिकाको आग्रह नमानेर बजारमा भिड बढाएका कारण यसले खतराको संकेत शुरु गरेको छ । यस्तो अवस्थामा पनि नगरवासिले अहिले पनि हेल्चेक्राई गरेको देखिएको छ ।
यो सवै दमकबासीले बुझ्नु पर्ने हो की सामाजिक दुरी कायम राख्ने हाम्रै लागि हो । कोरोना संक्रमण रोकथाम एवं नियण्त्रणका लागि हो । लकडाउनको पालना सरकार वा नगरपालिकाको लागि हो र ? आज बुधबारजस्तै दमकमा भिडभाड हुने हो भने लकडाउनको अर्थ नै के रहयो र ? यसले दमक र दमकबासी नै असुरक्षित हुने हो ।
अत्यआवश्यकीय दैनिक उपभोग्य सामाग्रि किनमेलका लागि भनेर सर्वसाधरणको सहजताका लागि लकडाउनलाइ केहि खुकुलो बनाएको अवस्थामा कपडा पसल, हार्डवेयर पसल र इलेक्ट्रोनिक्स सामान पसल लगायत पुरै बजार नै खुला हुनु रामे संकेत होइन । यसले जोखिम निम्त्याउन सक्छ ।
