२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ लकडाउन कडा भयो भने प्रश्न आउछ, जनप्रतिनिधिहरुलाई त खान पुगेको होला नपुगे घरघर पुग्ला तर हामीले कसरी खाने ?

लकडाउन खुकुलो भयो भने फेरी प्रश्न आउछ, के हेर्छन जनप्रतिनिधि यसले कोरोना संक्रमणको जोखिम निम्त्याएको छैन ?

राहत बाड्न जनप्रतिनिधि राहत लिएर जान्छन, राहत पनि आफन्त र कार्यकर्तालाई हेरेर मात्र दिन्छन् खोइ गरिवले राहत पाएको ?

राहत बाँड्नका लागि रोकिन्छ, जनता भोकै मर्ने बेला भयो खोइ त जनप्रतिनिधिले ल्याएर राहत बाँडेको, किन जिताएको हो ?

अहिले यस्तै प्रश्न र आलोचनाका बीचमा रहेर जनप्रतिनिधिहरु काम गरिरहेकाछन् । स्थानीय सरकार कोरोना विरुद्ध यो सहदै काम गरिरहेको छ ।

दमकका अधिकाँश जनप्रतिनिधिसग कोराना संक्रमण रोकथाम र राहतको बिषयमा गरिएको कुराकानीमा जनप्रतिनिधिले गरेको गुनासोहरु माथि उल्लेख गरेजस्तै छन् ।

सामाजिक सञ्जालहरुलाई सुक्ष्म रुपमा हेर्ने हो भने पनि यहि नै पाईन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंगै कोरोना विरुद्ध खटिएका जनप्रतिनिधिलाई न रातमा निन्द्रा छ न दिनमा भोक।

साच्चै नै भन्नुपर्दा म तीनदिन देखि निदाउन सकेको छैन, एकजना वडाध्यक्ष भन्छन् । कसैगर्दा पनि जस छैन र जतैपनि गालि नै मात्र खाइन्छ, उनको दुखेसो छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले त बुधबार बेलुका फेसबुकमा एउटा स्टाटस नै लेख्नु भएको छ । स्टाटसमा आक्रोश मिश्रित प्रश्न गरिएको छ ।

अधिकारीको स्टाटस यस्तो छ-

लक्डाउन भनेकाे के हाे ?
किन गर्नु परेकाे लक्डाउन !
कस्का लागि हाे याे लक्डाउन !
बुझि बुझि बुझ पचाउने संग के गर्ने हाेला !