२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा हिजो सामाजिक दुरी कायम नभएको र बजार पुरै खुलेको पाएपछि आज दमक बजार अनुगमन समितिले सक्रियता जनाएको छ । यसमा दमक उद्योग बाणिज्य संघले पनि साथ दिएको छ । बजार अनुगमन समितिका संयोजक भीम पौड्यालको नेतृत्वमा टोली दमकका मुख्य चोक बजारहरुमा निस्केको हो ।

दैनिक उपभोग्य सामाग्रि बाहेकका पसलहरु बन्द गराईएको थियो । दिउसो १२ देखि २ बजेसम्म बजार खुला राख्ने निर्णय नगरपालिकाको रहेको थियो । दैनिक उपभोग्य सामाग्रि किनमेलका लागि किराना तथा खाद्य सामाग्रि विक्री गर्ने पसलहरु खुला भनिएको हार्डवेयर पसलहरु समेत खुला रहेका थिए ।

अन्य नगरपालिका तथा गाँउपालिकाले लकडाउनलाई कडाइ गरिहदा दमकमा भने कडाई नभएको सर्वत्र गुनासो थियो । नगरबासीको सुरक्षाका लागि बजारको अवस्था अनुगमन गरिएको हो, अनुगमन समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले भने ।

बजारमा यो पटक अधिकाँश खाद्य सामाग्रिको पसलमा दैनिक उपभोग्य सामाग्रिको मूल्य सूचि टाँस गरेको पाईएको जनाए । पहिला कसैको पसलमा पनि मूल्य सूचि टाँस गरिएको थिएन तर अहिले अधिकाँशको मूल्य सूचि टाँस गरेको पाईयो । श्रेष्ठले स्थानीय सरकारले गरेको आग्रह र अनुरोध पालना गर्न पनि आग्रह गरे ।

नगरपालिका अधिकृत यज्ञराज निरौला, इलाका प्रशासन कार्यालय दमकका टंक दुलाल, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का लगायतको अनुगमनमा उपस्थिति रहेको थियो । पसलहरुलाई सामाजिक दुरी अपनाएर र सुरक्षाका साथ बस्न निर्देशन पनि दिईएको थियो ।

दमकमा कुनै सावधानी नअपनाइ खुलमखुल्ला शब्जि तथा फलफुल विक्री भएपछि अनुगमन समितिको कडा एक्सन, उठाएर लैजानेदेखि पसल बन्द गराउने अभियान

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 30 April 2020