२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको बाह्दशी गाँउपालिकामा एक मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुका जाँच गर्दा कसैमा पनि कोरोना पोजेटिभ नरहेको पाईएको छ ।

६३ वटा स्वाबको नमुना परीक्षणका लागि पठाईएको थियो । जिल्लामा अहिलेसम्म २१६ नमुनाको पिसिआर नेगेटिभ आएको जनाईएको छ । यसले झापा सुरक्षित नै देखाएको छ ।

दमक र बाह्दशीमा एकएकजना गरेर २ जनामा कोरोना पोजेटिभ देखाएपछि उनिहरुको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । उनका परिवार तथा नजिकका कसैमा पनि पोजेटिभ देखिएको छैन ।

यता दमक नगरपालिकाले विहिबार थप स्वाब परीक्षणका लागि नमुना संकलन गरेर धरान पठाएको जनाएको छ । लाइफलाइन अस्पतालमा भर्ना भएका एक विरामीको पनि स्वाब परीक्षणका लागि पठाईएको छ ।

संक्रमितको सम्पर्कमा आएका र अस्ति जाँच गरिए कतिपयको पुन परीक्षणका लागि पठाएको दमक नगर स्वास्थ्य शाखा श्रोतको भनाई रहेको छ ।

नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ

आज मिति २०७७ साल बैशाख १८ गते विहान वडा नं. ३ स्थित साबिकमा कोरोना भाईरस संक्रमण भएको व्यक्तिको घर वरिपरीको क्षेत्रमा Contact History का आधारमा Contact Tracing गरी २५ जना र लाईफलाईन अस्पतालबाट १ जना गरि जम्मा २६ जनाको PCR (स्वाब) नमूना लिई परीक्षणका लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।