लकडाउन पालना नगर्नेलाई १५ दिन क्वारेन्टाइनमा राख्ने नगरपालिकाको निर्णय, खर्च स्वयंले बेहोर्नु पर्ने
विष्णुप्रसाद पोखरेल
दमक/ भारतसंग सिमा जोडिएको नेपालको पुर्वी नाँका झापाको मेचीनगरपालिकाले बन्दाबन्दी अर्थात लकडाउन पालना नगर्ने विरुद्ध कडा रुपमा उत्रने निर्णय गरेको छ ।
बिना अनुमति र पास आफ्नो नगरमा प्रवेस गर्ने तथा लकडाउन पालना नगर्नेले अनिवार्य रुपमा १५ दिनको क्वारेटाइनमा बस्नु पर्ने नियम बनाएको छ ।
नगर प्रमुख विमल आचार्यका अनुसार जुन वार्डमा लकडाउन पालना नगरी मान्छे हिडछ वा पुग्छ त्यहि वार्डमा बनाईएको क्वारेन्टाइनमा उक्त ब्याक्ति रहनु पर्नेछ ।
अत्यआवश्यक काममा प्रवेस गरेको भए त्यो जानकारी र पास हुनु पर्ने जनाईएको छ । यस्ता अनाधिकृत रुपमा प्रवेस गर्ने र लकडाउनको पालना नगर्ने आफैले क्वारेन्टाइनको खर्च बेहोर्नु पर्नेछ, आचार्यले भने ।
नगरपालिकाले क्वारेन्टाइनमा राखेकाहरुको खर्च भने नगरपालिकाले नै बेहोर्दै आएको छ । वार्ड कार्यालयमार्फत यस्ता ब्याक्ति राख्ने क्वारेन्टाइन स्थल तोकेर नगरपालिकामा सिफारीस गर्नेछ ।
नगरपालिकाको निर्णयलाई उल्लघंन गर्दै लुकिछिपी कोही ब्यक्ति नगरभित्र आएर बसेको भेटिए तत्काल नगरपालिकाले ब्यवस्था गरेको क्वारेन्टाईनमा १५ दिन राखिनेछ , पत्रकार सम्मेलन गरेर नै आचार्यले भने ।
नगरपालिकाले बाहिरबाट फलफुल तथा तरकारी र मासुजन्य पदार्थ ल्याउन पनि प्रतिबन्ध लगाएको छ । भारतसंग सिमा जोडिएको मेचीनगर कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यस्तो निर्णय गरेको बताईएको छ ।
