बैशाखमा खोलामा बाढि-झापामा खोला किनारमा भेटियो एक बृद्धको शव
दमक/ अर्जुनधारा १ सातकटेरी निवासी दुर्गाबहादुर खपाङ्गी मगरको शव सानो नेते खोलाको किनारामा भेटिएको छ । उनको बगाएर वा अन्य कारणले मृत्यु भएको भन्ने खुलेको छैन ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार विहान शव खोलामा स्थानीयले देखेपछि खबर गरेका थिए ।
