२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यो लेखे

विष्णुप्रसाद पोखरेल

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अहिले सबैभन्दा बढि आलोचित आफ्नै पार्टीभित्रछन् । पार्टीका शिर्षस्थ नेताहरु नै ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गर्न चाहान्छन् र त्यो भूमिका खेलिरहेकाछन् ।

माधवकुमार नेपाल र बामदेव गौतम प्रधानमन्त्रि बन्न खुट्टा उचालेर बसेकाछन् । जनता स्थिर सरकारको पक्षमा रहेकाछन् । तर बमौसमि रुपमा ल्याईएको अध्यादेशले गर्दा ओलीलाई विस्थापन गर्ने वहाना पक्ष र प्रतिपक्षलाई मिलेको छ ।

लोकतन्त्र तथा गणतन्त्र स्थापनापछि पार्टीको आन्तरिक विवादहरु बारम्बार यसरी छताछुल्ल भएकाछन् । त्यसको सहि ब्यवस्थापन नहुँदा नेपालमा अस्थिर राजनीति चलिरहेको छ । प्रधानमन्त्री बारम्बार फेरीने संस्कार बनेको छ ।

ओली नेपालको सबैभन्दा ठुलो पार्टिको कार्यकारी अध्यक्ष हुन् । दूइतिहाई बहुमतबाट बनेका प्रधानमन्त्री हुन् । यसर्थ उनलाई विस्थापन गर्न त्यति सजिलो छैन ।

पार्टीका आन्तरिक विवादलाई अन्तिम समयमा उनले मिलाउने गरेकाछन् । चाहे पदीय बाँडफाँड होस या भोली कुनै जिम्मेवारी दिने शर्त होस् ।

कोरोना महामारीको यो समय सरकार परिवर्तन हुनुहुन्न भनेर अहिले जो कोहिले पनि भनेको पाईन्छ । स्वार्थ केन्द्रमा राख्ने र कुर्सिमा बस्न खोज्ने बाहेको यहि चाहाना रहेको पाईन्छ ।

अस्थिरता ननिम्तियोस र भोलीको भविष्य अन्योलग्रस्त नहोस भन्ने सबैको चाहाना छ । ओलीले यो समयमा अध्यादेश नल्याएको भए हुन्थ्यो । त्यो एउटा ठुलो गल्ति हो ।

त्यो फिर्ता गरेर अहिले गल्ति महसुस गरेकाछन् । अब यस्तो गल्ति गर्नु हुँदैन । यो अवस्थामा अहिले नै आफ्नै दलका नेताहरुले पदमा लोभ गरेर घृणित राजनीतिक नखेल्दा राम्रो हुन्थ्यो ।

सत्तारुढ तथा सहयात्री नेकपाका नेता नै अहिले विपक्षी दलका नेताभन्दा कडा रुपमा आफ्नै सरकार विरुद्ध लाग्नु लज्जाश्पद हास्यश्पद हो ।

सरकार परिवर्तन र फोहोरी राजनीतिक खेलमा नलागि तहसनहस भएको अर्थतन्त्र, लकडाउनका कारण मानसिक तनावमा रहेका नेपालीहरुको भविष्यको बारे सोच्नुपर्छ भन्ने बुद्धि किन नआएको होला ?

आखिर राजनीति त नेता र आसेपासेका लागि मात्र त रहेछ नै होइन र ? नेकपाका नेताहरुले अहिले पुष्टि गरेकाछन् । अहिले जनादेशको अपमान भइरहेको छ । जनादेशको अपमान नहोस् ।

कमीकमजोरी प्रति समिक्षा हुनु राम्रो हो । तर अहिलेको यो बिषय परिस्थितिमा कोराना विरुद्ध लड्ने बिषयमा बिमर्श गर्नु पर्ने हो । सत्ता परिवर्तन गर्ने र सबै शक्ति यता लगाउने हो भने हामी नेपालीको भविष्य अन्योलग्रस्त छ ।

आजिवन ओलीलाई सत्तामा राखिरहनु पर्छ वा राख्नुपर्छ भन्ने होइन तर यो राजनीतिक संस्कार कस्तो बन्दैछ ? यो चिन्ताको बिषय हो ।