झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठ बने ताप्लेजुङ प्रहरी प्रमुख
दमक / जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी महेन्द्रकुमार श्रेष्ठले नयाँ जिम्मेवारी पाएकाछन् । श्रेष्ठले ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।
त्यहाँका प्रमुख ज्ञानेन्द्र फुयाल एसपीमा बढुवा भएपछि यहाँ रिक्त रहेको थियो । सरुवा भएको आइतवार सार्वजनिक भएको हो ।
