दमकमा लकडान पालना नगरी सवारी साधन कुदाउदा प्रहरी नियण्त्रणमा
दमक/ दमकमा अत्यआवश्यकी सामाग्रि खरिदका लागि दिउसो १२ बजेदेखि २ बजेसम्म लकडान खुकुलो बनाएको अवस्थामा सवारी साधन लिएर बिना काम हुइकने प्रवृती बढेपछि यसलाई दमकमा नियण्त्रणमा लिन थालिएको बताईएको छ ।
ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माका अनुसार दैनिक ४० देखि ४५ वटा सवारी साधन केहिवेर नियण्त्रणमा लिएर सम्झाई ब्ुझाई पठाइदै आएको छ ।
१२ बजेदेखि २ बजेसम्म पुरै लकडाउन खुलेको जसरी ने सवारी साधन नकुदाउन आग्रह छ, उनले भने । प्रहरीले नियण्त्रणमा लिएका सवारी साधन राख्ने ठाँउ नभएपछि सम्झाएर पठाउदै आएको जनाईएको छ ।
अत्यआवश्यक काम बाहेक नहिड्न पनि आग्रह गरिदै आएको छ । केहिदिन यता दमकमा लकडाउन खुकुलो रहदै आएको छ ।
