खल्तीमा कम्युनिस्ट पार्टीको सदस्यता पत्र बोकेर दुश्मनको सेवा गर्ने काम बन्द गरन यार-बेदु गौतम
दमक/ नेकपाका झापा जिल्ला नेता बेदु गौतमले पार्टीका नेताहरुलाई असभ्य ढङ्गले अबिछिन्न रुपमा गाली गर्ने कार्य एकता विरोधी भएको बताएकाछन् । उनले लुटको स्वर्ग बन्द भए झै गरेर पार्टी एकता विरुद्ध लागेकाहरुप्रति आक्रोश पोखेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
यो वा त्यो पुर्ब पार्टी र त्यसका नेताहरुलाई असभ्य ढङ्गले अबिछिन्न रुपमा गाली मात्र गर्ने पात्रहरु पार्टी एकता बिरोधी हुन । यो प्रवृत्ति माथी देखि तलसम्मै देखिन्छ ।
हिजोको सचिवालय बैठक पछि त यिनिहरु झनै बिचलित भएको अनुभुति हुन्छ । लाग्छ पार्टी एकता पछि यिनको लुटको स्वर्ग ध्वस्त हुदैछ ।
खल्तीमा कम्युनिस्ट पार्टीको सदस्यता पत्र बोकेर दुश्मनको सेवा गर्ने काम बन्द गरन यार । गोयबल्सहरु ।
