यस्तो अवस्थामा किस्ता र ब्याज मागेर तनाव दिने बैक तथा वित्तिय संस्थामा ताला लगाउने दमकका ब्यवसायीहरुको चेतावनी
विष्णुप्रसाद पोखरेल
दमक/ सरकार तथा वित्तिय संस्थाले राहत प्याकेज नल्याए दमकका ब्यवसायीहरुले कडा आन्दोलनको तयारी गर्ने भएकाछन् । उनिहरुले बैक तथा वित्तिय संस्थामा ताला लगाने सम्मको तयारी गर्ने बिषयमा छलफल चलाएकाछन् ।
दमक उद्योग वाणिज्य संघमा गोकुल श्रेष्ठ सहितको उपस्थितिमा भएको अनौपचारिक बैठकमा ब्यवसायीहरुको अवस्था दयनीय भएको र बैक तथा वित्तिय संस्थाको ऋणको ब्याज तिर्न नसक्ने अवस्था आएको भन्दै गम्भिर रुपमा सोच्नु पर्ने बिषयमा छलफल भएको जनाईन्छ ।
देशको कुनै न कुनै ठाँउबाट आन्दोलन उठ्नु जरुरी छ त्यो दमकबाट शुरु गरौ र बैक तथा वित्तिय संस्थामा ताला लगाउनु परे पनि लगाउ, वाणिज्य संघका एक सदस्यले यो प्रस्ताव गर्दा सवैलाई समर्थन जनाएको श्रोतको भनाई छ ।
अहिले पनि दमकमा रहेका बैकहरुले ब्यवसायीलाई ब्याज तथा किस्ता तिर्न ताकेता गरेको भन्दै यस्तो हर्कत रोकिनु पर्ने बिषयमा सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय पनि भएको जनाईएको छ ।
सरकारले ठोस प्याकेज तथा कार्यक्रम नल्याएसम्म बैकहरुले अहिले ब्याज तथा किस्ता माग्ने कार्य बन्द गर्न ब्यवसायीले माग गर्ने भएकाछन् ।
सबै ब्यवसाय ठप्प भएको समयमा किस्ता र ब्याज मागेर तनाव दिन काम बन्द गरिनुपर्छ, संघका कार्य समितिका अर्का सदस्यले भने ।
