२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा गाँउपालिकामा भारतीयहरु जबरजस्ति नेपाल प्रवेस गर्न खोजेको र सुरक्षाकर्मीहरुमाथि जाइलागेपछि हवाईफायर भएको बताईएको छ ।

झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायरको स्थानीयले बताएकाछन् ।

भारतीय एक समुह पाहुना खाान भन्दै जवरजस्ती प्रवेश गर्न खोजेपछि सिमामा तैनाथ नेपाली सुरक्षाकर्मीले त्यसै फिर्ता पठाएपछि उक्त समुहले थप भारतीयहरु ल्याएर प्रहरीमाथि आक्रमण प्रयास गरेको बताईन्छ ।

प्रदेश सांसद हिरा थापाले यसको पुष्टि गरेकाछन् । ‘विश्व महामारीको यस परिस्थितिमा सिमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यो किसिमको गतिबिधि निन्दनीय र खेदजनक छ’, सांसद थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्, ‘भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधि छिमेकीमैत्री, दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पुर्ण नियन्त्रण गर्नको लागि जोड्दार रुपमा अपिल गर्दछु ।’ उनले भनेकाछन् ।

साँझ ५ बजे यो घटना भएको र त्यसपछि त्यहाँ ब्यापक रुपमा प्रहरी परिचालन भएको बताईन्छ । थप घटनाको विवरण भने आइसकेको छैन ।