२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक वडा नं. ३ ले लकडाउनका काण दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई रोजगार दिने भएको छ । वडाध्यक्ष नविन बरालका अनुसार हम्सेदुम्से सामुदायिक बन क्षेत्रमा बृक्षारोपण लगायतका कामहरु दिइनेछ ।

सुरक्षाका सावधानी सबै अपनाएर सामाजिक दुरी कायम हुनेगरी बृक्षारोपण गरिनेछ, उनले भने । ज्यालादारीमा काम लगाएर नेपाल सरकारले तोकेको दैनिक ज्याला वा खाद्यन्न श्रमिकले जे चाहान्छन् त्यो प्रदान गरिने छ, वरालले भने ।

वडाभित्र अन्य रोजगार प्रदान गर्न सकिने ठाँउहरुको खोजी गरेर लकडाउन अवधिभर वडाका दैनिक ज्यादादरी गरेर जीविकोपार्जन गरीरहेकाहरुलाई रोजगार दिने निर्णय वडा कार्यालयले गरेको हो । सरकारले पनि यस किसिमका कार्य गर्न कुनै रोक लगाएको छैन ।