२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ नेकपा भित्रको विवादले अहिले नेता तथा कार्यकर्ता सम्मलाई बहसमा उतारेको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पदच्युत गर्नेसम्मका बिषय आएपछि यस बिषयमा सामाजिक सञ्जालमा निक्कै दर्विलो बहस नै चलिरहेको छ । सचिवालय बैठकले विवदा सामधान गरेको भएता पनि बहस भने कायमै रहेको छ ।

नेकपाका नेता समेत रहेका दमक नगरपालिका मेयर रोमनाथ ओलीले तीन दिन अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्थिरताको खेलमा नरमाउन भनेकाछन् । उनले नेतृत्व महाअधिवेसनले मात्र फेर्ने भन्दै नचाहिदो बहस नगर्न र पाँच बर्ष सरकार चलाउने जिम्मेवारी केपी शर्मा ओलीको पनि भनेकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-

अस्थिरताकाे खेलमा रमाउने नेता ज्यूहरु लाई थाह हाेस् !
पार्टी कव्जा हाेइन सक्नु हुन्छ भने कार्यकर्ता र जनताकाे हृदय कव्जा गर्नुस्।
जालझेलकाे राजनिती टिक्दैन
महाधिबेशनले छानेकाे पार्टी नेता महाधिबेशनले नै फेर्छ।
पाँच वर्षकाे लागी सरकार चलाउने म्यानडेट केपी अाेली लाई जनताले दिएका हुन्।
केपी अाेली पछि सरकारकाे नेतृत्व गर्ने पालाे बामदेव कै हाेला ।
सवकाे जय हाेस!!!