दमक सहित झापाका ब्यवसायीहरुद्धारा बैज्ञानिक रुपमा ब्याज र घरभाडा पुर्ण छुटको माग
विष्णुप्रसाद पोखरेल
दमक/ झापाका उद्योगी ब्यवसायीहरुले लकडाउनबाट मारमा परेका ब्यवसायीहरुलाई राहत प्याकेज ल्याउन माग गरेकाछन् । उनिहरुले सुक्ष्म रुपमा अध्ययन गरेर विज्ञहरुको समेत परामर्शमा क्षतिको अवस्था हेरेर ब्याजल छुट लगायका प्योकज कार्यक्रमहरु ल्याउन माग गरेकाहुन् ।
छलफलमा दमक उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खड्का र कार्य समिति सदस्य नविन अग्रवाल सहभागि रहेका थिए ।
अध्यक्ष श्रेष्ठका अनुसार बिर्तामोड भएको छलफलबाट बैज्ञानिक रुपमा ब्याजदर छुट, उद्योग तथा ब्यवसाय सञ्चालन भएका घरहरुको पुर्ण रुपमा भाडा छुट लगायतका बिषयमा छलफल सहित निर्णय भएको छ ।
वैक तथा वित्तिय संस्थालाई सेवामुखि बन्न र बनाउन माग गर्दछौ, साझा निर्णयमा भनिएको छ । बैकले लिने सेवा शुल्क, नवीकरण शुल्क छुटका साथै स्प्रेड दर दूइ प्रतिशत कामय गर्न माग गर्ने निर्णय भएको छ, श्रेष्ठले भने ।
बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष कुमार भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य उमेश डालमीया, केशव पाण्डे, कुमारमणि पोखरेल, बलाराम कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।
उद्योग ब्यवसाय सञ्चालन भएका घर भवनका सन्दर्भमा लकडाउन अवधिको घरभाडा पुर्ण छुटको लागि सरकारको ध्यानकर्षण गराउछौ, झापाका उद्योगी ब्यवसायीहरुको साझा निष्कर्षमा भनिएको छ ।
घरधनीलाई धरवहालकरमा विशेष छुट दिन भनिएको छ । मेची भन्सार शुचारु गर्न, कृषि क्षेत्रको समस्या सामधान गर्न पनि जिल्लाका उद्योगी ब्यवसायीले सरोकारवालाहरुको ध्यानकर्षण गराएकाछन् ।
