२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

कोरोना पोजेटिभ देखिएको बिरामी बोक्ने दमक अस्पतालकी सहासी महिला एम्बुलेन्स चालक लीला बस्तकोटी ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 4 May 2020

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना संक्रमणको त्रासमा सबै घरभित्र बसेको समयमा कोरोना संक्रमण भएका तथा शंकाश्पद ब्याक्तिलाई एम्बुलेन्समा बोन्ने सम्भवत पुर्वी नेपालकै पहिलो एम्बुलेन्स चालक महिला लीला बास्तकोटीलाई लायन्स क्लव अफ धनेश्वरले सम्मान गरेको छ ।

उनले दमकमा भेटिएका कोरोना संक्रमित एक ब्याक्तिलाई कोभिड अस्पताल बिराटनगर लगेकी थिईन । पुर्याएर आएको दूईदिनसम्म त मलाई निन्द्रा पनि लागेन, उनले भने । मेरो कर्तब्य हो र मैले त्यो पुरा गरेजस्तो लागेको छ, उनले भनिन्

कमल गाँउपालिकाकी स्थायी बासिन्दा उनि करिब एक बर्ष अघि देखि दमक अस्पतालको एम्बुलेन्स चलाउदै आएकीछन् । उनि अहिले पीपीइ लगाएर २४ सै घण्टा सेवा प्रदान गर्न एम्बुलेन्स एिर सरकारी दमक अस्पतालमा बसेकी हुन्छिन् ।

लायन्स लिडर कोमल शाक्यले लायन्स क्लवको यो सम्मानमा आफु सहभागि हुदा गर्व लागेको बताएकाछन् । लायन्सका द्वितिय उपाध्यक्ष रवतबाहदुर कार्की लगायतको उपस्थितिमा यो सम्मान भएको थियो ।

कार्कीले यस्तो ब्याक्तिको सम्मानमा आफु सरिक हुँदा भाग्यमानी ठानेको बताएका थिए । धनेश्वरका अध्यक्ष किरण भण्डारीका अनुसार नगद ५ हजार १ सय सहित सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मानपछि लायन्स लिडर कोमल शाक्यले लेखेकाछन्-आज एउटा भिन्न प्रकार को कार्य मा सरिक हुने अवसर जुर्यो! हामी कहा महिला ले सवारी चालक को पेसालाइ अङगालेको पाइएको छैन! तेसमाथी विश्व महामारी को यो अवस्थामा आफ्नो कर्तव्य लाई सर्वोपरि मानी आफ्नो ज्यान दाउ मा राखी दिन् रात बिरामी ओसारपसार मा एम्बुलेन्स चालक को आफ्नो काम लाई इमानदारी पुर्वक गरिरहनु भएकी महिला एम्बुलेन्स चालिका लिला बास्ताकोटी ज्यु लाई रु ५१००/= नगद सहित प्रसम्सा पत्रले सम्मान गर्न पाइयो। सलाम गर्छु यस्ती विरङगना लाई!! यो अवसर जुराइ दिनुहुने लायन्स क्लब अफ दमक धनेस्वर का अध्यक्ष लायन किरन भन्डारी लगायत सम्पुर्न धनेस्वर क्लब परिवार मा हार्दिक आभार!!! जय लायन्स!!!!!

 

सुरक्षाकर्मी लगायतलाई पनि सम्मान

सोहि अवसरमा कोरोना संक्रमणको समयमा पनि अहोरात्र मानवीयमा सेवामा खटेको भन्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डित, शसस्त्र प्रहरीका डिएसपी अशोक शाक्य, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा, दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का लायन्सकर्मी विमल शर्मालाई पनि क्लवले सम्मान गरेको थियो ।