दमकमा लकडाउनको अवज्ञा ! दिनप्रतिदिन कोरोना संक्रमित बढेपछि देशभर लकडाउन लम्बियो
विष्णुप्रसाद पोखरेल
दमक/ नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । पर्सा जिल्लामा एकैदिन १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको पुष्टि गरेको छ । संक्रमितहरुमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
यता झापा सहित दमकमा पनि लकडाउन खुलेजस्तै देखिएको छ । मानिसहरुको भिडभाड र सबै पसलहरु खुल्न थालेकाछन् । सरकारले लकडाउनको समय थप गरेको छ तर यहाँ भने लकडाउन हटेजस्तो देखिन थालेको छ । कस्मेटिक, कपडा, भाँडाकुडा पसलदेखि लिएर सबै प्रकारका पसलहरु दमकमा खुला हुन थालेकाछन् । दमकमा लकडाउन नभएको जस्तो देखिन थालेको छ ।
देशभरप्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । लकडाउनलाई पनि पुर्ण रुपमा पालना गराउने बिषयमा पनि बैठकमा छलफल भएको बताईन्छ । बुधबार पाँचौंपटक लकडाउन अवधि थपिएको हो ।
दमकमा अत्यआवश्यक खाद्यन्न सामाग्रि किनमेलका लागि १२ बजेदेखि २ बजेसम्म बजार खुला राख्ने र फलफुल तथा तरकारी पनि ब्यवस्थित रुपमा घरदैलो मार्फत विक्री गर्न पाउने भनिएकोमा अहिले यसको अवज्ञा भएको पाईएको हो । नगरपालिकाले नयाँ थप निर्णय भने लिएको छैन ।
