दमकमा हारेर पनि नथाक्ने र कसैसंग नझुक्ने सदावहार नेता राम थापा अर्थात रामदाई
विष्णुप्रसाद पोखरेल
दमक/ चुनावी प्रतिस्पर्धामा हारजित त हुन्छ नै । तर पटकपटक सोचेको नपुग्दा र हार्दा कोहि मानिसहरु निरास हुन्छन् र खासै समाजमा देखिन चाहादैनन् । दमकमा एउटा राजनीतिक ब्याक्तित्वछन् जो पार्टीभन्दा आफ्नै कारणले भोट पाउछन् र दमकमा चिनिन्छन् ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर दमकका मेयर रोमनाथ ओलीसंग उनको प्रतिस्पर्धा भयो । उनले अन्य पार्टीका लोकप्रीय नेतालाई टपेर मतपनि ल्याए तर जित्न सकेनन् । राप्रपाका केन्द्रिय पदाधिकारीसम्मको हैसियत बनाएका उनि दमकमा सायदै कमैको मात्र मलामीमा छुट्छन् ।
दमकमा राजनीतिक चुनावहोस या सामाजिक संघसंस्थाहरुको नेतृत्व चयन नै किन नहोस । राम थापाको भूमिकामा निर्भर रहन्छ पनि भनिन्छ । उनलाई एउटा निर्णायक शक्तिको रुपमा हेरिने गरेको छ भन्दा खास फरक नपर्ला । तर उनि देखिएर र घोषणा गरेर भने बाहिर आउदैनन् ।
उनि दमकको कुनै समयमा प्रमुखको जिम्मेवारी पनि समालेका ब्याक्ति हुन् । शाहि शाषनकालमा प्रमुख बनेका उनको निर्वाचन जितेर प्रमुख हुने धोको भनेको पुरा भएको छैन । अझै एक पटक भने आफु निर्वाचन लड्ने उनले आफु निकटस्थहरुलाई बताउदै आएकाछन् ।
उनले गत निर्वाचनमा समानुपातिक निर्वाचनमा आफ्नो अपिलमा भनेका थिए-शायद अब मैंले त्याग र समर्पण गर्ने कुनै वस्तु नै म संग छैन होला । राजनैतिक जीवनको यस क्रममा तपाईहरुको न्यानो माया, स्नेह र सहानुभूतिको पहिलो हकदार आफैं भएको लाग्दा लाग्दै पनि परिणाम कहिल्यै मेरो पक्षमा उभिएन ।
