२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/  झापाको दमकमा परमाराध्य सद्गुरुदेव महर्षि मेही परमहंसजी महाराज की १३६ औ जन्मजयन्ती दमकमा पनि मनाईएको छ । नेपाल सन्तमत सत्संग मंदिर दमकले जन्मजयन्तीको अवसरमा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

दमक ८ स्थित मन्दिरमा नै राहत वितरण गरिएको थियो । ८६ जनालाई २० किलोको दरले चामल सहित, दाल, तेल, नून लगायतका अत्यआवश्यकीय खाद्यन्न सामाग्रिहरु प्रदान गरिएको बताईन्छ ।

सो अवसरमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, मन्दिरका अध्यक्ष रञ्जित केसरी लगायतको उपस्थिति रहेको थियो । लकडाउनको यो समयमा हातमुख जोर्न समस्या भएकाहरुलाई सहयोग गरेर जन्मजयन्ती मनाईएको सो अवसरमा जनाईएको थियो ।