२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

२५ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विहीबार राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला, काठमाडौंमा भएको नमूना परीक्षणमा कपिलवस्तुका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार कपिलवस्तु–८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सहित सबै १०१ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाइएको छ ।