झापाको सिमा क्षेत्रमा भोकपानी नभनि खटिएका शशस्त्रका एसपी रेशमकुमार थक्सुको प्रशंशा नै प्रशंशा
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा कोरोना संक्रमण विरुद्ध लाडाई जारी रहेको छ । सरकारले लकडाउन घोषणा गर्यो । सवैलाई घरबस्न भन्यो । बाहिर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि खटे । झापामा भारतसंग जोडिएको १ सय ४४ किलोमिटर क्षेत्रमा सयौ सुरक्षाकर्मी खटेकाछन् ।
प्रायजसो नै सुरक्षाकर्मीले खासै स्याब्बासी पाउदैनन् । तर पछिल्लो समयमा सिमा खटिएका सुरक्षाकर्मीको अवस्था हेर्दा उनिहरु धेरै जोखिम र कष्ठ सहेर झापाबासीको स्वास्थ्य सुरक्षार्थ खटेकाछन् । लागिपरेकाछन् । दिनरात नभनि डिउटी गरिरहेकाछन् ।
भारतमा कोरोना संक्रमणको महामारी रहेकाले त्यताबाट मानिसहरु नेपाल प्रवेस हुनसक्ने भएकाले यो खतरा रोक्न अहिले त्रिपालको भरमा त्यहाँ सुरक्षाकर्मी चुनौतीको सामना गर्दै बसिरहेकाछन् ।
यसैक्रममा राजनीतिक दलका जिल्ला नेताहरुले शशस्त्र प्रहरीका एसपी रेशमकुमार थक्सुको खुलेर प्रशंशा गरेकाछन् । नेकपा झापाका अध्यक्ष चीन्तन पाठकले थक्सुको नेतृत्वमा सिमामा भएको कामको प्रशंशा गर्दै फोटो सहित स्टाटस नै हालेकाछन् ।
संयुक्त अनुगमनपछि उनले फेसबुकमा स्टाटस हालेकाहुन् । सिमा सुरक्षाको लागी निरन्तर लागी परेका झापाका एस पि रेसम कुमार थाक्सु । सलाम छ यहाको कृयासिलतालाइ ।।, पाठकले लेखेकाछन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापाले पनि थक्सुको प्रशंशा गरेकाछन् । पाठकको फेसबुक स्टाटसमा कमेन्ट गर्दै उनले भने प्रशंशा गर्न छुटाएका छैनन् । हामी सबैको सलाम छ, रेशम सर लाई। यहाँको कृयासिलताले झापाली जनतामा उत्साहा जागेको छ, उनले भनेकाछन् ।
