२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

भयानक दुर्घटना । दमक नजिकै रबि पेट्रोल पम्प नजिक

दमक नजिकै पाडाजुङी छेउ रबि पेट्रोल पम्प अगाडी बिभत्स भयानक दुर्घटना । एकको गयो ज्यान । स्थानिय आक्रोशित

Posted by Prabhabkarinews Dijital Patrika on Friday, 8 May 2020

दमक/ दमक नजिकै पाडाजुंगी छेउ रवि पेट्रोल पम्प अगाडि अघि साँझ भएको दूर्घटनामा एकजनाको मृत्यु भएको छ । मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतकको साथमा चुलाचुली ४ का ३० बर्षिय रणबहादुर लिम्बु बोकेको मतदाता परिचयपत्र भेटिएको छ ।

पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

साँझ ७ बजेको समयमा भएको दूर्घटनापछि ट्रक चालक भागेको स्थानीयहरुले बताएकाछन् । लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेको गाडि समेत खुलमखुल्ला हिडेको र लापरवाहीका कारण दुर्घटना भएको बताईन्छ ।

दमक नजिकै कमल गाउपालिक ५ रबि पेट्रोलपम्प अगाडी दुर्घटना । एक जनाको मृत्यु ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 8 May 2020