२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमकका खानेपानी उपभोक्ताहरुले दुई महिनाको पानीको महशुलमा बिस प्रतिसत छुट पाउने भएका छन् । दमक खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको आज बसेको बोर्ड बैठकले गत चैत र बैसाक दुई महिनाको खानेपानीको महशुलमा बिस प्रतिसत छुट दिने निर्णय गरेको अध्यक्ष रोशनकुमार गौतमले बताए  ।

लकडाउनको यो अवधिमा उपभोक्तालाई राहत दिन उक्त योजना ल्याईएको उनले बताएकाछन्  । त्यसैगरी यो लकडाउन अवधिको महशुल लकडाउन खुलेपछिमात्रै बुझाएमा पनि हर्जना नलाग्ने निर्णय समेत गरिएको उनले जनाएकाछन्  ।

खानेपानी बोर्डको यो निर्णयले दमक नगरभित्रका ११ हजार भन्दा धेरै उपभोक्ता लाभान्वित हुनेछन् । त्यसैगरी यो लकडाउनको अवधिमा पनि उपभोक्त स्वस्थ पानी खानबाट बन्चित नहोउन भन्दै खानेपानीमा कुनै समस्या आए तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाईएको अध्यक्ष गौतमले बताए । संस्थाका कर्मचारीहरुलाई सामाजिक दुरी कायम गर्दै परिचालन गरिएकोले अहिले सम्म खानेपानीमा समस्या नआएको  गौतमले बताए ।

त्यस्तै सामाजिक दुरीलाई कायम राखी आगामी आईतबार देखी खानेपानीको कार्यालय सञ्चानल गर्ने पनि बताईएको छ ।