२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा लकडाउन खुकुलो बनाउदै लगिएपछि आजबाट दमकका रक्सि अर्थात भट्टी पसलहरु पनि खुल्न थालेको पाईएको छ । दमक बजार तथा चोक आसापासका भट्टी पसलहरु भिड हुन थालेको पाईएको छ । कतिपय यस्ता पसलहरुभित्र तास पनि खेल्ने र खेलाउने गरेको बताईन्छ ।

स्थानीय तहको एउटा निर्णय, संघीय सरकारको अर्को निर्णय र जिल्लाको फेरी थप अर्कै किसिमको निर्णयले अन्योल सिर्जना भएको छ । फरकफरक किसिमका समचार निर्णय आउन थालेपछि प्रशासनलाई तथा स्थानीय प्रहरीलाई पनि के गर्ने समस्या रहेको बताइन थालेको छ ।