२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक नजिकै कमल गाँउपालिका वडा नं. ५ रबि पेट्रोल पम्प नजिक दूर्घटनामा एकजनाको ज्यान गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दमकमा थप ट्राफिक प्रहरी पठाएर कडाई शुरु गर्ने भएको छ । जनक्ति कम भएका कारण ट्राफिक ब्यवस्थापनमा कठिनाई भएको दमक ट्राफिक प्रमुख यज्ञप्रसाद शर्माले बताएका थिए ।

लकडाउनको समयमा समेत दूर्घटना भएर मानिसको मृत्यु भएको भन्दै ट्राफिक ब्यवस्थापनको बिषयमा आलोचना भएको थियो । साँझ तथा रातको समयमा टिपर र ट्याक्टरहरु अधिक कुद्ने भएकाले सडक असुरक्षित बन्दै गएको छ ।

साँझ छ बज्न नपाउदै टिपर र ट्याक्टरले सडकमा राज्य जमाउन शुरु गर्छन, पाडाजुंगीका एक स्थानीयले भने । उनिहरुको स्पिड पनि अधिक हुने गरेको बताईन्छ । ट्राफिक कार्यालय दमकका प्रमुख यज्ञप्रसाद शर्माका अनुसार स्थानीय तह तथा प्रदेश सरकारको सवारी पास लिएर आएका हुन्छन् ।

कस्तो लकडाउन हो यो ? अहिले पनि दमक र आसपासमा टिपर र ट्याक्टरबाट ज्यान बचाउन मुश्किल

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 9 May 2020

निर्माणको काम शुचारु राख्ने भनिएपछि अहिले त्यहि वहानामा बालुवा तथा खोलाजन्य सामाग्रि बोकेर थुपार्ने काम कतिपय ठाँउमा शुरु भएको बताईन्छ । कमल गाँउपालिका र गौरादहका केहि ठाँउमा खोलाजन्य सामाग्रि राख्न थालिएको पाईन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुले यस विषयमा आफुले पनि सुनेको बताउदै कडाई गरिने बताए । उनले दूइजना ट्राफिक प्रहरी दमकमा थप पठाउने र यस्ता टिपर तथा सवारीको लगत संकलन गरेर जानकारी गराउन पनि भनिएको बताएकाछन् ।

राष्ट्रिय गौरवका आयोजना तथा महत्वपुर्ण एवं अति आवश्यक योजनाहरु सञ्चालनको सहजताका लागि आवश्यक सामाग्रि ढुवानीको ब्यवस्था मिलाउने भनिएको भएपनि अरु समयजस्तो टिपर तथा टयाक्टर चलाउन अनुमति नरहेको उनको भनाई छ ।

कस्तो लकडाउन हो यो ? अहिले पनि दमक र आसपासमा टिपर र ट्याक्टरबाट ज्यान बचाउन मुश्किल

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 9 May 2020