एकाएक दमक बजार पुर्ण रुपमा खुला, तोकिए बाहेक पसल र ब्यवसाय खोले कारवाही
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको उच्च जोखिम मानिएको झापामा लकडाउनको पालना कम हुन थालेको छ । दमकमा पनि त्यस्तै देखिएको छ ।
अत्यआवश्यकीय दैनिक उपभोग्य सामाग्रि, शब्जि मण्डि र निर्माण सामाग्रिका पसल मापदण्ड अपनाएर खोल्ने भनिएको हो तर सवै बजार खुलेको पाईयो, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।
तोकिएभन्दा बाहिरका पसल नखोल्न संघको आग्रह रहेको छ, उनले भने । दमकमा कपडा, कस्मेटिक पसलदेखि लिएर मदिरा विक्री गर्ने पसलहरु समेत खुलेकाछन् ।
स्थानीय प्रशासनले यसमा खास चासो नदिएको आरोप लाग्दै आएको छ । जिल्लामा नै दमकमा लकडाउन शुरुवातदेखि नै पुर्ण रुपमा पालना भएको छैन ।
आइतवार दमक नगरपालिकामा दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकमा पनि यस बिषयमा छलफल भएको थियो ।
सरकारले तोकिए बाहेकका पसल तथा ब्यवसाय बन्द नगरे कार्वाही गरिनुपर्छ, बैठकमा सहभागिहरुले भनेका थिए ।
दिनहु बिभिन्न प्रकारका निर्णय आउन थालेकाछन् । संघीय सरकार, केन्द्रिय सरकार, स्थानीय सरकार, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय झापाले आ-आफ्नै किसिमका निर्णयहरु गर्दै आएकाछन् ।
यसले गर्दा अन्योल सिर्जना हुने गरेको छ । एकपछि अर्को निर्णयले केहि दिनयता आधा सटर खोलेर मदिरापसल, कपडा पसल, कस्मेटिक पसल र बिभिन्न मेशिनरी पसल, मोावयल पसल, इलोक्ट्रोनिक पसलहरु खुल्दै आएकाछन् ।
दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले स्थानीय सरकार तथा संघीय सरकारको निर्णय पालना गर्न अनुरोध गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लखेकाछन्-
याे महामारीको चपेटा बाट बाचाै बचाउ भन्ने अभियान तथा काेराेना राेक थाम गर्न नेपाल सरकारले चालेका कदमहरु प्रति इमानदारीपूर्वक सजग रहन याे बिपत्तिकाे समयमा सरकारले ताेकेका मात्र दमक लगायत झापा जिल्ला भरि अतिअाबश्यक भित्र पर्ने ब्यबसायहरु बिहान ८ बजे देखि दिनकाे १२ बजे सम्म सुरक्षा ब्यबस्था तथा दुरिकायमकाे पुर्ण पालना गरेर खाेल्न पाउने ब्यबस्था भएकोले साे अनुसार मात्र गर्नु गराउनु हुन अाम उपभोक्ता ब्यबसायी ज्यु हरुमा दमक उधाेग बाणिज्य संघ जानकारीका लागि हार्दिक अनुराेध गर्दछ। ।
