२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / झापाका कोरोना पोजेटिभ देखिएका इक बृद्धले कोरोना जिते्र घर फर्केकाछन् । उनलाई दूइसाता अघि कोरोना संक्रमणको पत्ता लागेपछि कोभिड अस्पताल विराटनगर लगिएको थियो ।

उनको आज आईतवार डिस्चार्ज भएको बताईएको छ । उनि झापा बाह्दशी गाँउपालिकाका हुन् । उनको स्वास्थ्य अवस्था शुरुवातदेखि नै राम्रो थियो ।

दिल्लिमा भएको जमातीमा सामेल उनको तेश्रो पटक स्वाव परीक्षणगर्दा बृद्धमा मात्र कोरोना पोजेटिभ भेटिएको थियो । उनि घरमा नै रहेका थिए ।

उनको सम्पर्कमा आएकाहरुको आरडीटी र स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण फेला परेको थिएन । कोशि अञ्चल अस्पतालमा दूइसाता लामो बसाइ र उपचारपछि उनि कोरोनामुक्त भएर घर फर्केपछि खुसियाली छाएको छ ।

अव उनि होम क्वारेन्टाइनमा रहनेछन् । उनिसंगै अर्का एक ब्याक्ति पनि आज नै कोरोना जितेर घर फर्केकाछन् ।

योसँगै कोभिड–१९ उपचार केन्द्रबाट १६ जना संक्रमितले स्वास्थ्यलाभ गरेर घर फर्केकाछन्। अस्पतालमा शनिबार र आइतबार भर्ना गरिएका चार जनासहित पुराना सङ्क्रमित १४ गरी १९ जनाको उपचार भईरहेको जनाईएको छ ।