२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा पसल खोल्न पाउने समय फेरी फेरवदल भएको छ । दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको आज बसेको बैठकले जिल्ला स्तरबाट भएको निर्णय अनुसार नै दैनिक उपभोग्य सामाग्रिको पसल तथा सरकारले तोकिएका पसलहरु खोल्न दिईने निर्णय गरेको हो ।

यस अनुसार सोमबार देखि विहान ८ बजेदेखि १२ बजेसम्म अब पसलहरु खुला रहनेछन् । यसभन्दा अघि आइतवारसम्म ११ बजेदेखि २ बजेसम्म पसल खोल्ने समय निर्धारण भएको थियो । यसको सट्टा अब सोमबारदेखि ८ बजेदेखि १२ वजेसम्म खोल्ने निर्णय भएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जनाए ।

वैसाख २९ गते देखि दैनिक उपभोग्य सामाग्री विहान ८ बजे देखि १२ बजे सम्म मात्र विक्री वितरण गर्न पाईने छवैसाख २९ गते देखि दैनिक उपभोग्य सामाग्री विहान ८ बजे देखि १२ बजे सम्म मात्र विक्री वितरण गर्न पाईने छ, समिति निर्णय गरेको छ । तोकिएको समय र तोकिएका दैनिक पसल वाहेक अन्य पसल खोलेमा कानून वमोजिम कारवाही गरिने छ , समितिद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।

यो समयमा निर्माणसंग सम्बन्धित वार्डवेयर तथा कृषिसंग सम्बन्धित पसलहरु समेत खुला रहनेछन् । नगरपालिकाका अनुसार यो समयमा नै आवश्यक र तोकिएका पसलहरु खुला रहने गरी निर्णय भएको छ । यो कार्यन्वयन गराइने पनि बताईन्छ । बिभिन्न खाले सूचना र निर्णयले गर्दा दमकमा सबै प्रकारका पसलहरु खुला रहन थालेका थिए ।