आजदेखि दमकमा दैनिक खाद्यबस्तुसंगै हार्डवेयर तथा शब्जि बजार पनि खुला
विष्णुप्रसाद पोखरेल
दमक/ देशमा दिनहुजसो कोरोना संक्रमण भएका विरामीहरु थपिने क्रम जारी रहेको अवस्थामा झापाको दमकमा लकडाउन खुला गरिदै लगिएको छ । जिल्ला नै खुकुलो भएको छ ।
यसैक्रममा दमकमा आजबाट दैनिक उपभोग्य सामाग्रिसंगै हार्डवेयर तथाल निर्माण सामाग्रिका पसलहरु खुला रहेकाछन् । विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म ४ घण्टा हार्डवेयर तथा इटा विक्री केन्द्रहरु खुला रहनेछन् ।
कस्मेटिक तथा कपडा पसल, मोवायल पसल लगायतका अन्य पसलहरु भने बन्द नै रहनेछन् । होटलहरु पनि खोल्न पाईने छैन । तर दमकमा भने यो समय र अन्य समयमा समेत सबै प्रकारका ब्यवसायहरु खुला रहदै आएको बताईन्छ ।
सामाजिक दुरी कायम राखेर र आवश्यक सावधानी अपनाएरमात्र पसल खोल्न पाईने तथा किनमेल गर्न पाईने भनिएपनि त्यस्तो गरेको पाईन्न । पसलहरुमा पहिला जसरी किनमेल हुन्थ्यो त्यसरी नै भइरहेको देखिन्छ ।
यसैबीच दमकको बन्द भएको शब्जि बजार पनि खुला भएको छ । आज विहान ८ बजेदेखि शब्जि बजार पनि खुला भएको हो ।
होशियारी पुर्वक र सावधानी अपनाएर खुला गर्ने निर्णय भएको दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जनाए ।
